मेगा बैंकको ‘डिजिटल दक्षिणा’, दक्षिणा दिनेले पनि पाउनेछ तीन सय रुपैयाँ, कसरी दिने दक्षिणा?

बिजमाण्डू
२०७७ कात्तिक ४ गते १४:११ | Oct 20, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। मेगा बैंक नेपालले दशैंमा दक्षिणा दिनका लागि ‘तीनमा तीन सय’ नामक स्किम ल्याएको छ। 

कोरोनाको असहज परिस्थितिमा नोटविहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिनेले पनि तीन सय रुपैयाँ पाउने छन्। 

त्यसका लागि बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणास्वरुप रकम पठाउनु पर्नेछ। 

दक्षिणावापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैयाँ क्यासब्याक’ को व्यबस्था गरिएको छ। तर, रकम पठाउँदा विवरण (रिमार्कस्) मा ‘दक्षिणा’ भनी खुलाउन बैंकले अनुरोध गरेको छ। 

दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म रहने यो अफरमा ग्राहकहरुले तीन वटा खातामा गरी न्यूनतम ५ सय रुपैयाँ दक्षिणास्वरुप रकमान्तर गर्नुपर्ने मेगा बैंकले जनाएको छ।