राष्ट्रिय वाणिज्य बैंकको बागलुङ जैमिनी नगरमा शाखा, आर्थिक गतिविधि बढ्ने

बिजमाण्डू
२०७७ कात्तिक ४ गते १२:१८ | Oct 20, 2020
राष्ट्रिय वाणिज्य बैंकको बागलुङ जैमिनी नगरमा शाखा, आर्थिक गतिविधि बढ्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बागलुङको जैमिनी नगरपालिका-१ शेराबजारमा शाखा खोलेको छ। 

शाखाको उद्घाटन जैमिनीका नगरप्रमुख इन्द्रराज पौडेलले गरेका छन्। अब बैंकको देशभर २४२ वटा शाखा पुगेको छ। 

उद्घाटनपछि पौडेलले ग्रामीण भेगमा बैंक आएकाले आर्थिक गतिविधिमा मद्दत पुग्ने बताए। शाखा प्रबन्धक लोकप्रकाश पौडेलले बैंकको शाखाबाट हरेक प्रकारका बैंकिङ सेवा उपलब्ध हुने जानकारी दिए।

बैंकको ७७ वटै जिल्लामा शाखा पुगिसकेको छ। यसबाहेक बैंकको २०५ वटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ इकाइ छ।