जगदम्बा मोटर्स र इसेवाबीच सम्झौता, इसेवाबाट भुक्तानी गर्ने एक जनाले अपाचे टु भी पाउने

बिजमाण्डू
२०७७ कात्तिक २ गते १८:२६ | Oct 18, 2020
जगदम्बा मोटर्स र इसेवाबीच सम्झौता, इसेवाबाट भुक्तानी गर्ने एक जनाले अपाचे टु भी पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। टिभिएस मोटर्सको आधिकारीक बिक्रेता कम्पनी जगदम्बा मोटर्स र इसेवा बीच सम्झौता भएको छ। सम्झौता अनुसार इसेवाबाट बाइक वा स्कुटर किन्दा उपहार पाइनेछ।

कम्पनीले भाग्यशाली विजेतालाई टिभिएस अपाचे टु भी दिने जनाएको छ। कम्पनीले १ लाख ४० हजारदेखि सात लाख रुपैयाँ माथिका बाइक बिक्री गर्दै आएको छ।

कम्पनीले टिभिएसको अपाचे सिरिजमा १६० टु भी, १६० फोर भीमा ५ भेरियन्ट, २०० फोर भीमा दुई भेरियन्ट, स्टाइकर, रेडन, ज्यूपिटर क्लासिक, वीगो, एनटर्कको विभिन्न ३ भेरियन्ट, आरआर ३१० लगायतका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।