कोरोनाले रोकिएको लोकसेवाको परीक्षा अब सुरु हुने, विज्ञापनका कार्यक्रम फुकुवा गर्ने निर्णय

बिजमाण्डू
२०७७ असोज १९ गते ०८:५२ | Oct 5, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। लोक सेवा आयोगलाई कर्मचारी पदपूर्तिका नयाँ विज्ञापन अघि बढाउने बाटो खुलेको छ। मन्त्रिपरिषद्को असोज १५ गतेको बैठकले उक्त कार्यक्रम अघि बढाउन आग्रह गर्ने निर्णय गरेको हो। यसअघि गत वैशाखमा मन्त्रिपरिषद्ले अर्को निर्णय नभएसम्मका लागि सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो।

सरकारको निर्णयपछि आयोगले सबै परीक्षा स्थगित गरेको थियो। आयोगले मन्त्रिपरिषद्को निर्णयअघि प्रथम पत्रको परीक्षा भइसकेका परीक्षार्थीका हकमा दोस्रो पत्रको परीक्षा कार्यक्रम सञ्चालन गर्ने निर्णय भने गरिसकेको छ। कोरोना कहरले आयोगको कार्यतालिका ६ महिनाभन्दा पर धकेलिएको छ। 

सरकारको निर्णय अनुसार अब रिक्त दरबन्दी पदपूर्ति गर्न आयोगबाट भएको विज्ञापन अनुसारको परीक्षा सञ्चालन हुनेछन्।

यस्तै पदपूर्तिका लागि विज्ञापन आह्वान बाँकी रहेका कार्यक्रम अघि बढाउन पनि आग्रह गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। नियमित विज्ञापनका सम्पूर्ण कार्यक्रम फुकुवा गर्न पनि आयोगलाई सरकारले आग्रह गरेको छ।

यसअघि वैशाख १४ गते सरकारले आयोगले सञ्‍चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।