सुनको मूल्यमा एकैदिन तोलामा १ हजार ७ सय रूपैयाँले गिरावट, चाँदी पनि ९० रुपैयाँले सस्तियो

बिजमाण्डू
२०७७ असोज ६ गते ११:३८ | Sep 22, 2020
सुनको मूल्यमा एकैदिन तोलामा १ हजार ७ सय रूपैयाँले गिरावट, चाँदी पनि ९० रुपैयाँले सस्तियो

Tata
GBIME
Nepal Life

काठमाडौं। सुनको मूल्य अघिल्लो दिनको भन्दा १ हजार ७ सय रुपैयाँले घटेको छ। मंगलबारको कारोबार मूल्य तोलाको ९५ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। 

सोमबार तोलामा २ सय रुपैयाँले बढेर तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। लगातार बढ्दै प्रतितोला एक लाख नाघेको सुनको मूल्य घटे पनि सर्वसाधारण खरिदकर्ताको अपेक्षाअनुसार कम भइसकेको छैन। घटबढ जारी रहँदा निकै दिनपछि मूल्यमा १ हजार ७ सयले गिरावट आएको हो।  

मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। तोलामा ९० रुपैयाँले  घटेर १ हजार २ सय ३० रुपैयाँ भएको छ। सोमवार चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ३ सय २० रुपैयाँ प्रतितोला कारोबार मूल्य थियो। 

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य घटेको छ। सुन प्रतिऔंस १९१३. ६७ डलर र चाँदी प्रतिऔंस २४. ६५ डलरमा कारोबार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।