माछापुच्छ्रे बैंक र भारतको ओम एक्सप्रेसबीच रेमिटेन्स सम्झौता, भारतबाट रकम पठाउन सहज

बिजमाण्डू
२०७७ असोज २ गते २०:५२ | Sep 18, 2020
माछापुच्छ्रे बैंक र भारतको ओम एक्सप्रेसबीच रेमिटेन्स सम्झौता, भारतबाट रकम पठाउन सहज

Tata
GBIME
Nepal Life

काठमाडौं। माछापुच्छ्रे बैंक र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजबीच रेमिटेन्स सम्झौता भएको छ। यो सम्झौतापछि भारतमा रहेका नेपालीले ओम एक्सप्रेसबाट सहज रूपमा पैसा पठाउन सक्नेछन्।

त्यहाँबाट पठाएको रकम माछापुच्छ्रे बैंकको १५९ शाखा कार्यालय तथा १० हजारभन्दा बढी रेमिटेन्स काउन्टरबाट प्राप्त गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकका अनुसार यसरी पठाएको रकममा कम सेवा शुल्क लिइनेछ।