जयनगर-जनकपुर रेलको ट्रेन सेट जनकपुर आइपुग्यो, भारतले शनिबार औपचारिक रुपमा हस्तान्तरण गर्ने

बिजमाण्डू
२०७७ असोज २ गते १४:३६ | Sep 18, 2020
जयनगर-जनकपुर रेलको ट्रेन सेट जनकपुर आइपुग्यो, भारतले शनिबार औपचारिक रुपमा हस्तान्तरण गर्ने

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालले खरिद गरेको जयनगर-जनकपुर रेलको ट्रेन सेट जनकपुर आइपुगेको छ। दिउँसो २ बजे ट्रेन सेट जनकपुर आइपुगेको हो।

लामो समयपछि नेपालमा फेरि पनि रेल चल्ने भएपछि जनकपुरवासीमा थप उत्साह देखिएको छ। रेल आउने भएपछि बिहानै देखि मानिसहरु रेल स्टेसनमा भेला भएका थिए। बालबालिका, युवादेखि वृद्धासम्म स्टेसनमा भेला भएर रेलसँगै फोटो लिइरहेको देखिन्छन्।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार परीक्षणबाट राम्रो रहे मात्रै स्वीकार गरिनेछ। भोलि (शनिवार) भारतीय पक्षले नेपाललाई ट्रेन सेट हस्तान्तरण गर्नेछ। औपचारिक कार्यक्रममा सहभागी हुन महाप्रबन्धक भट्टराई र रेल विभागका कर्मचारी जनकपुरमा छन्।

कस्तो छ रेल?

भारतसँग खरीद गरिएको डिजेल मल्टी इलेक्ट्रोफायरिङ (डिमो) मोडलको रेल हो।

एउटा ट्रेन सेटमा ५ वटा डिब्बा (बोगी) हुन्छ। जसमा एउटा मूख्य इन्जिन र अर्को सहायक इन्जिन हुन्छ।एउटा ट्रेन सेटले १३ सय यात्रु वोक्न सक्छ। रेल विभागका अनुसार डिमो रेल दुवैतिरबाट संचालन गर्न सकिन्छ। यसलाई नघुमाइ संचालन गर्न सकिने र छोटो दुरीमा यो मोडलको रेल संचालन गर्न उपयुक्त छ।