कोरोना कहरका बीचमा पनि गरिमा शाखा विस्तारमा, एकै दिन खोल्यो उपत्यकासहित देशभर ६ नयाँ शाखा

बिजमाण्डू
२०७७ असोज २ गते ०९:२८ | Sep 18, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना कहरका बीचमा पनि गरिमा विकास बैंकले बिहीबार एकै दिन आधा दर्जन नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिर गरी देशका विभिन्न स्थानमा ६ वटा शाखा कार्यालय स्थापना गरेको हो। 

बैंकले उपत्यकाबाहिर नवलपुरको गैंडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर र उपत्यकाभित्र काठमाडौंको ढुंगेधारा तथा ललितपुरको इमाडोलमा नयाँ शाखा संचालनमा ल्याएको छ।

यस सँगै गरिमा विकास बैंकका शाखा काठमाडौं उपत्यकाभित्र मात्रै १३ वटा पुगेका छन्। देशभर सबै प्रदेशमा गरि बैंकका ९७ वटा शाखा, ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढी एजेण्ट छन्। पश्चिमबाट उदाएको गरिमा विकास बैंकको अहिले लाजिम्पाट, काठमाडौंमा प्रधान कार्यालय छ।