मेटलाइफले ल्यायो बीमा सेवा सुविधाको पहुँच बढाउन मोबाइल एप, यस्ता छन् फिचर

बिजमाण्डू
२०७७ असोज १ गते १७:३२ | Sep 17, 2020
मेटलाइफले ल्यायो बीमा सेवा सुविधाको पहुँच बढाउन मोबाइल एप, यस्ता छन् फिचर


Tata
GBIME
Nepal Life

काठमाडौं। मेटलाइफले बीमा सम्बन्धी सेवा-सुविधामा ग्राहकको पहुँच थप सजिलो बिस्तार गर्दै बीमालेख व्यवस्थापन गर्न नयाँ ‘ग्राहक सेवा एप’ सञ्चालनमा ल्याएको छ। 

नयाँ एपले ग्राहकलाई घरमै बसी मोबाइलमार्फत मेटलाइफको विभिन्न सेवाहरुमा पँहुच बढाउने विज्ञप्तिमा उल्लेख छ। डिजिटल थिम अन्तर्गत बुधबार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मलकाजी श्रेष्ठले मेटलाइफका कर्मचारीहरु र फिल्ड फोर्सहरुको उपस्थितिमा भर्चुअल कार्यक्रम मार्फत एपको सुरुवात गरेका छन। 

मेटलाइफ नेपालको ग्राहक सेवा एप दुवै आइओएस एप स्टोर र एन्ड्रोइड गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोडका लागि उपलब्ध छ। 

एक पटक ग्राहकले सुरक्षित रूपमा एपलाई लग-इन गरेपछि उनीहरूले आफ्नो बीमा पोलिसीको स्थिति, कुल प्रीमियम भुक्तान गरिएको र भुक्तानी गरिएको प्रिमियम किस्ता साथै उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरण जस्ता जानकारी हेर्न सक्नेछन्।

ग्राहकले एपमा साइनअप गरी प्रिमियम तिर्न बाँकी रहेका मितिहरू र पूर्ण परिपक्वता सूचनाहरू समेत प्राप्त गर्न सक्नेछन। मेटलाइफ नेपालको एपमा सम्पर्क विवरण र ग्राहक सहायताको लागि सोधपुछ फिचर्स पनि समावेश गरिएको विज्ञप्तिमा उल्लेख छ।

नयाँ बीमा पोलिसी लिन इच्छुक ग्राहकहरूले पनि यो एपलाई प्रयोग गरी मेटलाइफका विभिन्न बीमा उत्पादनहरूका विवरणहरू हेर्न सक्नेछन साथै यदि कुनै सेवामा इच्छा भएमा आफ्नो जानकारी पेश गर्न सक्नेछन। उपलब्ध विवरणको आधारमा मेटलाइफका प्रतिनिधिहरुले ग्राहकहरूलाई सम्पर्क गर्नेछन्।। 

एपमा प्रीमियम क्यालकुलेटर पनि समावेश गरिएको छ, जस अन्तर्गत प्रयोगकर्ताहरूले उनीहरूको बीमा पोलिसी तथा योजनाहरुको सोधपुछ गर्न सक्नेछन्।

मेटलाइफका उपाध्यक्ष तथा जनरल म्यानेजर निर्मलकाजी श्रेष्ठले महामारीमा पनि आफ्नो सेवा जारी गरिरहेको बताए।