सानिमा बैंकले ताप्लेजुङ र कोहलपुरमा शाखा खोल्यो, शाखा पुग्यो ८२

बिजमाण्डू
२०७७ असोज १ गते १६:१५ | Sep 17, 2020
सानिमा बैंकले ताप्लेजुङ र कोहलपुरमा शाखा खोल्यो, शाखा पुग्यो ८२

Tata
GBIME
Nepal Life

काठमाडौं। सानिमा बैंकले ताप्लेजुङ्ग र कोहलपुरमा आफ्नो ८१औं र ८२औं शाखा स्थापना गरेको छ। ताप्लेजुङ्ग शाखाको फुङलिङ्ग नगरपालिकाका मेयर क्षेत्रपति प्याकुरेल र ताप्लेजुङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकार जरेन्द्र चापागाईंले संयुक्त रुपमा उद्घाटन गरे।

कोहलपुर नगरपालिका–११ एनटीभी रोडस्थित कोहलपुर शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर राउत र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारीले संयुक्त रुपमा गरे।

बैंकको हाल ८२ वटा शाखा कार्यालय, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएम काउन्टर छ।