आशा लघुवित्तले गर्यो लाभांश घोषणा, सेयरधनीहरुलाई १५ प्रतिशत बोनस दिने

बिजमाण्डू
२०७७ असोज १ गते ११:३५ | Sep 17, 2020


काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको नाफाबाट सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५ प्रतिशत वोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश दिने भएको छ । 

Tata
GBIME
Nepal Life

कम्पनीले सेयरधनीलाई ३ करोड ४८ लाख ४३ हजार २ सय रुपैयाँबराबरको बोनस सेयर दिन लागेको हो । यस्तै, कर प्रयोजनका लागि वितरण गर्न लागिएको नगद लाभांसका लागि १८ लाख ३३ हजार ८ सय ५३ रुपैयाँ छुट्याउने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावमा नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभामार्फत पारित गरेर लगानीकर्तामा वितरण हुने बताइएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको पुँजी २६ करोड ७१ लख ३१ हजार रुपैयाँ पुग्नेछ ।

यसअघि कम्पनीले आव २०७५/७६ को नाफाबाट सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । कोरोनाका कारण वित्तीय संस्थाको लगानी विस्तार प्रभावित हुनुका बाबजुद कम्पनीले अघिल्लो आवको भन्दा पनि बढी लाभांस गत आवको नाफाबाट दिने प्रस्ताव गरेको हो ।