शिवम सिमेन्टको सिइओमा देवेन्द्र सिन्हा, भारतीय नागरिक भएकाले श्रमबाट स्वीकृति लिएर नियुक्ति

बिजमाण्डू
२०७७ भदौ ३१ गते २०:४५ | Sep 16, 2020
शिवम सिमेन्टको सिइओमा देवेन्द्र सिन्हा, भारतीय नागरिक भएकाले श्रमबाट स्वीकृति लिएर नियुक्ति


Tata
GBIME
Nepal Life

काठमाडौं। शिवम सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्र सिन्हा नियुक्त भएका छन्। कम्पनीको बुधबार बसेको संचालक समिति बैठकले सिन्हालाई सिइओमा नियुक्त गरेको हो।

उनी भारतीय नागरिक हुन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको स्वीकृतीमा सिन्हालाई नियुक्त गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। शिवमले ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ।

सन् २००३मा स्थापना भएको यो उद्योगले अहिले दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्दै आएको छ भने १९ सय क्लिकंर उत्पादन गर्छ। सर्वसाधरणमा सेयर जारी गरिसकेको यो उद्योगले भारतर्फ सिमेन्ट निकासीको समेत योजना बनाइरहेको छ।