स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक खुला प्रतिष्पर्धाबाट, पदका लागि खुल्यो आवेदन


काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक खुला प्रतिष्पर्धाबाट छनोट गरेर नियुक्त गर्ने भएको छ।उक्त पदका योग्यता पुगेका उम्मेदवारबाट मन्त्रालयले आवेदन माग गरेको छ। 

उक्त पदका लागि अर्थशास्त्र व्यवस्थापन, कानून, चिकित्साशास्त्र, जनस्वास्थ वा स्वास्थ्य अर्थशास्त्रमा स्नातकोतर गरेको हुनुपर्ने योग्यताको मापदण्ड निर्धारण गरिएको छ। आवेदकमा सम्बन्धित क्षेत्रमा कम्तिमा १० वर्षको अनुभवका साथै उमेर ४० देखि ६५ वर्षसम्मको हुनुपर्ने तोकिएको छ।  

TaTa
TVS

यसका लागि कुनै पनि राजनीतिक दलको सदस्य नभएको र बोर्डसँग कुनै किसिमको स्वार्थ नभएको हुनुपर्ने मन्त्रालयले जनाएको छ। कार्यकारी निर्देशक बन्नका लागि इच्छुक आवेदकले १५ दिनभित्र दरखास्त पेश गर्न मन्त्रालयले समयावधि तोकेको छ। 
 


Share this Story

   

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell