कोरोना कहरका कारण भारतमा झण्डै २ करोड मानिस बेरोजगार, ‘सुधारको कुनै संकेत छैन’

बिजमाण्डू
२०७७ भदौ ३ गते ११:१९ | Aug 19, 2020

Tata
GBIME
Nepal Life

कोरोना महामारीपछि उत्पन्न विषम परिस्थितीका बीच भारतमा हालसम्म १करोड ८९ लाख मानिस बेरोजगार बनेका छन्।

कोरोना भाइरसको संक्रमण रोक्न जारी गरिएको लकडाउन तथा आर्थिक मन्दीका कारण गत अप्रिलदेखि हालसम्म धेरै मानिसको रोजगारी गुमेको सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमीको प्रतिवेदनमा उल्लेख छ।

कोरोनाकै कारण झण्डै २ करोडले रोजगारी गुमाएको प्रतिवेदनले जनाएको छ।

प्रतिवेदनमा 'मासिक तलब लिने  मानिसको अवस्था लकडाउनपछि जुलाइसम्म धेरै नै खराब भएको देखिएको छ। अहिलेसम्म करिब २ करोड मानिसको रोजगारी गुमिसकको छ। वास्तवमा अहिलेसम्म जब मार्केटमा सुधारको कुनै सकेत छैन । यसबाट रोजगारी खोजिरहेका मानिसहरुको लागि अवस्था अझ बिग्रने आशंका छ।' भनिएको छ।

प्रतिवेदनका अनुसार कोरोना संकटका कारण कामकाज ठप्प हुनाका कारण अप्रिल महिनामा मात्रै १ करोड ७७ लाख मानिसहरुले  रोजगारी गुमाएका छन्। त्यसलगत्तै  मे महिनामा लगभग १ लाख मानिसले रोजगारी गुमाए। जुनमा ३९ लाख तथा जुलाईमा करिब ५० लाखको जागिर गुमेको छ।

सेन्टरका सिइओ महेश ब्यास भन्छन्-'हरेक महिना तलब पाउने कर्मचारीहरुको रोजगारी गुमेपछि फेरि पाउन धेरै नै समस्या हुने देखिएको छ।'

सन् २०१९/२० मा मासिक तलब लिने रोजगारहरुको संख्या झण्डै २ करोड थियो। तर हाल यसको संख्या घटेर २२ प्रतिशत तल झर्यो।

सेन्टरको तथ्यांक अनुसार लकडाउनकै अवधिमा करिब ६८ लाख दैनिक ज्यालादारीमा काम गर्नेहरुको रोजगारी गुमेको छ।

यस अवधिमा भारतमा करिब १ करोड ४९ लाख मानिसले खेती किसानीबाट आफ्नो जीवन यापन गर्न थालेको तथ्यांकले देखाएको छ।