उतारचढावबीचका बीच थोरै बढेर बन्द भयो सेयर बजार, सिआइटी र साधनामा सकारात्मक सर्किट

बिजमाण्डू
२०७७ भदौ २ गते १५:१६ | Aug 18, 2020


मंगलबार  उतारचढावको बीचमा सेयर बजार ५.६८ अंक बढेर बन्द भएको छ ।

Tata
GBIME
Nepal Life

१ हजार ४ सय ३.९९ विन्दुबाट सुचारु भएको सेयर बजार १५ मिनेटमा यसदिनकै उच्च १ हजार ४ सय १४.२९ विन्दुसम्म पुगेको थियो । सो विन्दुबाट माथि जान नसकेपछि कारोबारको ४० मिनेटमा १ हजार ४ सय विन्दुसम्म ओर्लिएको थियो।

बजारले १४ सय विन्दुमा टेवा पाएर पुन उतारचढाव हुँदै कारोबारको डेढ घण्टामा १ हजार ४ सय ९ विन्दुसम्म पुगेको थियो । सो विन्दुपछि सामान्य अंकले उतारचढाव हुँदै अन्त्यमा बढेर बन्द भएको छ । 

समग्र नेप्से सुचक बढेपनि सेन्सेटिभ इण्डेक्स भने ०.२३ अंक घटेको छ । उक्त समुहमा कारोबार हुने प्राय वाणिज्य बैंकहरुको सेयर मूल्य घटेपछि सो इण्डेक्स घट्न पुगेको हो ।

मंगलबार कारोबार भएका १२ उपसमूहमा सात समूहको सूचक बढेको छ भने पाँच समूहको घटेको छ । बैकिङ, होटल, विकास बैंक, वित्त र म्युचुअल फण्डको सूचक घटेको छ ।

 मंगलबार कारोबार भएका १ सय ८९ कम्पनीको ४१ लाख १४ हार ५ सय १२ कित्ता सेयरको १ अर्व २३ करोड ९० लाखको सेयर कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमा ८६ कम्पनीको सेयर मुल्य बढेको छ भने ५१ वटाको घटेको छ । साथै, ३० कम्पनीको स्थिर रहेको छ । सोमबारको तुलनामा मंगलबार कारोबार रकम समेत बढेको छ । 

मंगलबार नागरिक लगानी कोष र साधना लघुवित्तको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

नागरिक लगानी कोषले हकप्रद सेयर निष्कासन गर्ने सुचना आएसँगै सेयर मुल्यमा सर्किट लागेको हो भने साधनाको आइपिओ सुचिकृत भएपछि कारोबार भएदेखि नै सर्किट लाग्दै आएको छ । कारोबार रकमको आधारमा नागरिक लगानी कोषको १६ करोड ५८ लाखको सेयर कारोबार भएको छ ।