घर र साना कार्यालयका लागि एनसेलको सस्तो वाइफाइ सेवा, करबाहेक मासिक ४ सय ३० रुपैयाँ मात्रै

बिजमाण्डू
२०७७ साउन २९ गते १७:१५ | Aug 13, 2020
घर र साना कार्यालयका लागि एनसेलको सस्तो वाइफाइ सेवा, करबाहेक मासिक ४ सय ३० रुपैयाँ मात्रै

Tata
GBIME
Nepal Life

काठमाडौं। घर तथा साना कार्यालयका लागि एनसेल आजियाटाले झन्झटरहित र सुलभ वाइफाइ सेवा ल्याएको छ।

कम्पनीले चौथो पुस्ताको मोबाइल सेवा फोरजी/लङटर्म इभोलुसन(एलटिई) नेटवर्क विस्तार गरिएका सबै स्थानमा अल्ट्रा वाइफाइ सिम प्लस सेवा ल्याएको हो। यो उपभोक्ताका लागि मासिक ४० जीबी डेटा भोलुम बन्डलसहितको एक विशेष सिम कार्ड भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार वाइफाइ सेवाका लागि बन्डल डेटा बाहेक ग्राहकले यो सेवा अन्तर्गत दुई वटा सिम पाउँछन्। प्रत्येक महिना डेटा, अन नेट टक टाइम र डिजिटल कन्टेनहरु बन्डल सेवाका रूपमा पाइने छ। कम्पनीले नयाँ थिम प्लस अन्तर्गत वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई सम्बोधन गर्न देशभर विस्तार गरिएका फोरजी नेटवर्कमा रहेका उपभोक्तालाई लक्षित गर्दै योजना ल्याएको जनाएको छ। 

कम्पनीका अनुसार योजना अन्तर्गत पाइने सिम कार्डलाई आफ्नो मोबाइल ह्याण्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइस, मीफी डिभाइस वा वायरलेस डिभाइसमा यो सीम राखेर डेटा कनेक्टिभिटी र वाइफाइ हटस्पटको फाइदा लिनसक्ने छन्। कम्पनीका अनुसार यो सिमलाई फोरजी डिभाइसमा राखेपछि सबैभन्दा नजिकैको फोरजी टावरसँग यो सिम कनेक्ट हुने र यो टावरले सेवा प्रदान गर्ने क्षेत्रभित्र वाइफाइ पनि उपलब्ध हुनेछ।

‘सबै फोरजी कभरेज एरियामा रहेका उपभोक्ताका लागि बन्डल सेवासहित सुलभ र झन्झटरहित ‘अल्ट्रा वाइफाइ सिम प्लस’ योजना ल्याउन पाएकोमा हामी हर्षित छौं,’ कम्पनीका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने, ‘घर तथा साना व्यवसाय लक्षित यो सेवाले कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न योगदान गर्ने विश्वास लिएका छौं।‘ यो योजनाको करबाहेक ४ सय ३० रुपैयाँ छ।

यो सेवामा वायरलेस डेटा सेवाका लागि मासिक रूपमा ४० जीबी वायर फ्री प्लस डेटा पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो बन्डल प्याकेजका रूपमा प्रत्येक महिना ५ जीबी डेटा, ५० मिनेट अन नेट टक टाइम र प्रभु टिभी र दामी म्युजिक डिजिटल सेवाहरु पाइने दुई वटा फोरजी सिम पाइनेछ। यो हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन्। ३० दिनको समयभित्र प्रयोग गरि नसकेको बाँकी सेवा अर्को महिना थप हुने छैन।