एक ट्यापमा बोलेरै नेपाली टाइपिङ : हाम्रो ‘नेपाली किबोर्ड’को नयाँ अपडेट सार्वजनिक

बिजमाण्डू
२०७७ साउन २९ गते १६:४६ | Aug 13, 2020
एक ट्यापमा बोलेरै नेपाली टाइपिङ : हाम्रो ‘नेपाली किबोर्ड’को नयाँ अपडेट सार्वजनिक


Tata
GBIME
Nepal Life

काठमाडौं। रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरी (बकमान सपिवजव) मा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ ले ताजा अपडेट सार्वजनिक गरेको छ।

ताजा अपडेट स्मार्ट फोन एप्लिकेशनको कुनै पनि नेपाली संस्करणमा पहिलो एप्लिकेशन पनि बनेको छ, जसले अब तपाईंले बोलेको नेपाली भाषालाई बुझेर (भ्वाइस टाइपिङ) टाइप गरिदिनेछ।

बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ)का लागि अपडेट गर्नुपर्छ। ताजा अपडेटले तपाईंलाई अन्य काम गरिरहेसँगै बोलेका शब्दहरु बुझेर कुनै पनि सामाजिक सञ्जालमा पोष्ट गर्नुपर्ने स्ट्याटस, प्रतिक्रिया, ट्वीट, च्याटहरु गर्न सकिनेछ।

हाम्रो ‘नेपाली किबोर्ड’को जारी नयाँ संस्करणमा अब लेखेर अभिव्यक्त गर्न नसकिएका कुरा बोलेरै लेख्नुहोस्। अब नेपाली भाषामा टाइपिङ गर्न नसक्नु कुनै समस्या नै हैन। यसका लागि हाम्रो ‘नेपाली किबोर्ड’ले भ्वाइस टाइपिङको सुबिधा समेटिएको नयाँ अपडेट ल्याएको हो।

भ्वाइस टाइपिङको सहयोगले बोलेकै भरमा तपाईंको फोनले जुनसुकै प्लाटफर्ममा नेपालीमा लेखिदिनेछ। यस सुविधाको कारण नेपाली टाइप गर्न अप्ठ्यारो मान्ने प्रयोगकर्ताहरूले समेत पूर्ण रुपमा नेपाली टाइप गर्न सक्नुहुनेछ। यसमा शुद्ध नेपाली शब्दको विकल्प देखिनुका साथै टाइपिङ गरिरहनुपर्ने कारणलाई पनि घटाउने छ।

किबोर्डको आकार बढाउने सुविधा 

टाइपिङमा आवश्यक्ता अनुसार सजिलोका लागि किबोर्डको आकार बढाउने सुविधायुक्त ताजा अपडेट प्राप्त गर्नका लागि हाम्रो ‘नेपाली किबोर्ड’ गुगल प्लेस्टोरमा गएर अपडेट गर्न सकिन्छ।

मोबाइल अनुसार, टाइपिङ गति तथा औंलाको अवश्यकता अनुसार किबोर्डको आकार चाहे जस्तो सानो या ठूलो बनाउन सक्ने सुबिधा समेटिएको छ नयाँ अपडेटमा। जसको सहयोगले प्रयोगकर्ताहरुले हाम्रो किबोर्ड मार्फत् सजिलै टाइप गर्न सक्नेछन्।