रिलायन्स लाइफको आइपिओ भदौ ४ गतेदेखि, १० कम्पनीमध्ये पहिलो बन्यो रिलायन्स

बिजमाण्डू
२०७७ साउन २९ गते १६:२४ | Aug 13, 2020
रिलायन्स लाइफको आइपिओ भदौ ४ गतेदेखि, १० कम्पनीमध्ये पहिलो बन्यो रिलायन्स

Tata
GBIME
Nepal Life

काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले ६३ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो।

पछिल्लो पटक अनुमति पाएका १० जीवन बीमा कम्पनीमा आइपिओ निष्कासन गर्ने पहिलो कम्पनी रिलायन्स बन्नेछ। कम्पनीले ३० प्रतिशत सेयर जारी गरेपछि चुक्ता पुँजी २ अर्ब १० करोड पुग्नेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल छ।

निष्कासन हुने सेयरमध्ये कम्पनीका कर्मचारीका लागि ३ लाख १५ हजार कित्ता र सामुहिक लगानी कोषका लागि ३ लाख १५ हजार कित्ता हुनेछ। त्यो बाहेकका ५६ लाख ७० हजार कित्ता सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सिद्धार्थ बैंक र नेपालका विभिन्न व्यापारिक घरानाबाट प्रवर्द्धन गरिएको यो कम्पनीको सय वटा शाखा र उपशाखा छन्।