नेप्से सूचक १६.५३ अंक घट्यो, कारोबार रकम अर्बमाथि, बढी कारोबार नेपाल लाइफको

बिजमाण्डू
२०७७ साउन २९ गते १६:३२ | Aug 13, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। साताको अन्तिम दिन नेप्से १६ दशमलव ५३ अंक घटेर बन्द भएको छ। सेयर कारोबार सुरु भएदेखि घटेको सुचक अन्त्यसम्म घटेर बन्द भएको छ।

१ हजार ४ सय ३१ दशमलव ८९ विन्दुबाट सुरु भएको सुचक १ हजार ४ सय ७ विन्दुसम्म ओर्लिएको थियो। विहिवार कारोबार भएका १२ समुहको सुचकमा व्यापार समुहको सुचक बाहेक बाँकी सबै समुहको सुचक घटेपछि संमग्र नेप्से सुचक घट्न पुगेको हो। बैकिङ बीमा र लघुवित्तको सुचक १ प्रतिशत भन्दा बढीले घटेको छ। 

कोरोना भाइरस बढेसँगै सेयर बजार घट्दै गएको छ। सुचक घटेपनि कारोबार रकम भने बढेको छ। कारोबार भएका १ सय ९१ कम्पनीको ३४ लाख ९ हजार ४ सय ६१ कित्ता सेयरको १ अर्ब ७ करोड ४३ लाख बराबरको कारोबार भएको छ। बजार घटेको मौका छोप्दै सेयर उठाउनेहरु सक्रिय हुँदा कारोबार रकम बढ्न पुगेको हो।

विहिवारको कारोबारमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार भएको छ। कम्पनीको ७ करोड ३३ लाख २४ हजारको सेयर कारोबार भएको छ।  विहिवार दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मुल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मुल्य प्रतिकित्ता ५ रुपैयाँ बढेर ५५ रुपैयाँ पुगेको छ। त्यस्तै, साधना लघुवित्तको सेयर मुल्य प्रतिकित्ता ५७ रुपैयाँ बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ। नेपाल फाइनान्सको सेयर मुल्य भन् ५ दशमलव ६८ प्रतिशत घटेर प्रतिकित्ता १ सय ६६ रुपैयाँ पुगेको छ ।