नवलपरासीमा १२ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यमा होङसीको ब्रेक, कन्भेयर वेल्टमा झमेला

बिजमाण्डू
२०७७ साउन २९ गते १३:३२ | Aug 13, 2020
नवलपरासीमा १२ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यमा होङसीको ब्रेक, कन्भेयर वेल्टमा झमेला

Tata
GBIME
Nepal Life

काठमाडौं। दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित आएको चिनियाँ सिमेन्ट कम्पनी होङसीले नवलपरासीमा उद्योग खोल्यो।

नेपाली लगानीकर्तासहित स्थापना भएको होङसी शिवम सिमेन्टले तीन चरणमा १२ हजार सिमेन्ट उत्पादनको लक्ष्य राखेको थियो। पहिलो दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने थियो। त्यो लक्ष्य सजिलै पूरा गर्‍यो। उद्योगको पूर्वाधार र जग्गा प्राप्तिको काम सहजै भएको थियो।

उद्योगका लागि आवश्यक विजुली नपुग्दा पनि कम्पनीले आन्तरिक रुपमा उर्जा उत्पादन गरेर सिमेन्ट उत्पादन गरिरहेको छ। कम्पनीको दोस्रो थियो-‘पाल्पाबाट चुनढुंगा कन्भेयर वेल्ट बनाएर उद्योगसम्म ल्याउने।’

 कन्भेयर वेल्टको निर्माणमा भने कम्पनीले धेरै सास्ती भोगिरहेको छ। उद्योग स्थापनाका लागि जति सहज थियो, अहिले यो कम्पनीका लागि कन्भेयर बनाउन भने धेरै सास्ती र झमेला भोगिरहेको छ। जग्गा प्राप्ति भएपनि कन्भेयर वेल्ट बनाउन दुई वर्ष भन्दा बढी लाग्ने देखिन्छ। अहिले जग्गा प्राप्तिनै कम्पनीका लागि ठूलो सकसको विषय बनेको छ। यो सकसकै कारण कम्पनीले त्यही क्षमता दोब्बर बनाएर दैनिक १२ हजार टन सिमेन्ट उत्पादनको लक्ष्यलाई रोकेको स्रोतले बतायो।

 ‘कन्भेयर वेल्ट बनाउन सास्ती भोगेपछि होङसी सिमेन्टले अन्य विकल्प खोजिरहेको थियो,’ नेपाली समूहका एक साझेदारले भने, ‘त्यही भएर होङसीले दाङ सिमेन्ट किनेको हो।’ कम्पनी नेपाल भित्रिँदा नवलपरासीमा १२ हजार टननै सिमेन्ट उद्योग लगाउने योजनामा थियो। त्यही योजना अनुसार १२ हजार टनकै लागि आवश्यक जग्गा समेत किनेको थियो। ६ हजार टन प्लान्ट लगाएकै नजिकै अर्को ६ हजारका लागि पनि जग्गा किनिसकेको थियो। तर कन्भेयर वेल्ट निर्माणमा झेलेको समस्याका कारण अर्को विकल्प खोजेको ती लगानीकर्ताले बताए।  उनका अनुसार तत्कालै त्यही स्थानमा सिमेन्ट क्षमता दोब्बर बनाउन सक्ने देखिँदैन्।

जग्गा प्राप्तीकै सकसले कन्भेयर वेल्ट बनाउने योजनालाई समेत कम्पनीले मूर्त रुप दिन सकेको छैन्। लगानी बोर्डले पटक/पटक त्यहाँ पुगेर जग्गा प्राप्तीको समस्या सुल्झाउन प्रयास गरिरहेको छ। तर सफलता हात लागेको छैन। स्थानीयले एकपछि अर्को माग राखेपछि लगानीकर्ता समेत निरुत्साहित भएका छन्।

डेढ महिना अघि होङसीको प्यारेन्ट कम्पनी(हङकङ रेडलाइन)ले दैनिक ६ हजार टन क्षमताको दाङ सिमेन्ट किनिसकेको छ। ८५ प्रतिशत सेयर एसएचआई कम्पनीमार्फत किनेको हो। कम्पनीले दाङ सिमेन्टको लाइसेन्स किनेको हो।

उद्योगको पूर्वाधार भने तयार भएको छैन्। तर एक्सेस रोड र विजुलीको समस्या दाङमा छैन्। अहिले पनि नवलपरासीको उद्योगमा विजुली पुगेको छैन्। विद्युत प्राधिकरणले सबस्टेशन बनाउन नसक्दा उद्योगले महँगो उर्जा प्रयोग गरेर सिमेन्ट उत्पादन गरिरहेको छ।

लगानी ल्याउन पहल

होङसीले एसएचआईबाट लगानी ल्याउन प्रक्रिया अगाडि बढाएको छ। इन्भेष्टमेन्ट कम्पनीको नाममा ८५ प्रतिशत इक्विटी होङसीले ल्याउनेछ। झण्डै ११ अर्ब रुपैयाँ लगानी ल्याउन प्रक्रिया अघि बढेको लगानी बोर्ड स्रोतले समेत जानकारी दियो। उद्योग विभागलाई बोर्डका अधिकारीहरुले विफ्रिङ समेत गरिसकेका छन्।

डेढ महिना अघि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले दाङ सिमेन्टमा ३२ अर्ब ५० करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको थियो।