रिलायन्स इन्डस्ट्रिज विश्वकै टप १०० कम्पनी, फ्युचर ब्राण्ड इन्डेक्समा एप्पलपछि दोस्रो स्थानमा

बिजमाण्डू
२०७७ साउन २९ गते १०:१८ | Aug 13, 2020

Tata
GBIME
Nepal Life

 

भारतीय अर्बपति उद्योगपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज लिमिटेडले विश्व कीर्तिमान बनाउँदै  फर्च्यून ग्लोबल ५०० सूचीको टप १०० भित्र पर्न सफल भएको छ।  यस्तै रिलायन्स कम्पनी फ्युचर ब्राण्ड इन्डेक्स २०२० मा दोस्रो ठूलो ब्राण्डका रूपमा समेत स्थापित भएको छ। यो सूचीमा एप्पल पहिलो स्थानमा रहेको छ।

फर्च्यून टप १०० सूचीमा पर्न सफल रिलायन्स इन्डस्ट्रिज एक्लो भारतीय कम्पनी हो। यसअघि सन् २०१२ मा रिलायन्स यो सूचीको ९९ औं स्थानमा थियो । त्यसपछि रिलायन्स त्यो सूचीबाट तल झरेर सन् २०१६ मा २१५ स्थानमा पुगेको थियो। त्यसपछि मात्र रिलायन्सको र्‍याङकिङमा लगातार सुधार भयो।

फर्च्यून म्यागेजिनले जारी गरेको सूचीका अनुसार तेल, पेट्रो केमिकल, रिटेल तथा टेलिकम क्षेत्रमा काम गर्ने रिलायन्स फर्च्यून को २०२०  कम्पनीहरुको सूचीमा ९६ औं स्थानमा छ।

फर्च्यून ग्लोबल ५०० मा कम्पनीहरुको गत आर्थिक वर्षको कुल आयका आधारमा श्रेणी तय गरिन्छ।

केही महिनाअघि मात्रै रिलायन्स ग्रुपको कम्पनी जियो प्लेटफर्ममा एक दर्जनभन्दा धेरै विदेशी कम्पनीहरुले लगानी गरेका छन्।

यसपछि रिलायन्स को बजार पुँजी करिब १३.५ लाख करोड भारु सम्म पुगिसकेको छ। यसको कारण मुकेश अम्बानी पनि विश्वका टप १० धनाढ्यको सूचीमा पर्दै निरन्तर माथि उक्लिएका छन्।  अम्बानीकै नेटवर्थ पनि करिब ८० अर्ब डलर पुगिसकेको छ।

फ्युचर ब्राण्ड इन्डेक्स २०२० मा पहिलो एप्पल , दोस्रोमा रिलायन्स, तेस्रोमा सामसङ, निभिदिया, मोउताई, नाइकी, माइक्रोसफ्ट, एएसएमएल, पेपाल र नेटफ्लिक्स रहेका छन्।

फ्युचर ब्राण्ड इन्डेक्स कन्जुमर रिसर्चमा आधारित होइन। यसमा भविष्यमा ती कम्पनीहरु कसरी अघि बढ्लान् भन्ने विषयमा बृहत अध्ययन गरिन्छ। यसले विश्वका लिडिङ फर्महरुबारे परीक्षण गरी उनीहरुको बिगत र भविष्यको आकलन गर्छ।

अध्ययनले भारतमा रिलायन्सलाई सबैभन्दा नाफा कमाउने कम्पनीका साथै सम्मानित र कानुन र नैतिक आचरणमा रहेर ब्यवहार गर्ने कम्पनीका रूपमा लिएको छ। उसले कम्पनीको वृद्धि, नवीन उत्पादनहरु तथा उच्च ग्राहक सेवा रहेको पाइएको भनेको छ। यसका साथै मानिसहरुको त्यसप्रति 'इमोसनल कनेक्सन' रहेको अध्ययनले पत्ता लगाएको छ।

मुकेशले कम्पनीलाई 'वान-स्टप-सप'का रूपमा विकास गर्दै लगेको भनेको छ।

यसका अध्यक्षले पेट्रोकेमिकल बिजनेसलाई कायम राख्दै डिजिटल प्लाटफर्मबाट हरेक ग्राहकका आवश्यकता पूरा गर्ने गरी कम्पनीलाई अघि बढाएको भन्दै श्रेणीको दोस्रो स्थानमा पर्न सफल भएको अध्ययनले जनाएको छ।