कर सम्बन्धी दुई पुस्तक बजारमा, संघ, प्रदेश र स्थानीय तहका कर सम्बन्धि अधिकारको ब्याख्या

बिजमाण्डू
२०७७ साउन २८ गते १५:५५ | Aug 12, 2020
कर सम्बन्धी दुई पुस्तक बजारमा, संघ, प्रदेश र स्थानीय तहका कर सम्बन्धि अधिकारको ब्याख्या

Tata
GBIME
Nepal Life

काठमाडौं। सिए शेष मणि दाहालद्वारा लिखित “द पर्पल बुक अफ ट्याक्स” को तेस्रो संस्करण “द पर्पल बुक अफ प्रोभिन्स ट्याक्स” को पहिलो संस्करण प्रकाशन भएको छ। 

पर्पल बुक अफ ट्याक्स आयकर, मूल्य अभिवृद्धि कर, भन्सार र अन्तःशुल्क सम्बन्धि पुस्तक हो भने पर्पल बुक अफ प्रोभिन्स ट्याक्स सातै प्रदेशको आर्थिक वर्ष २०७७/७८ कोसंकलन गरी प्रकाशन गरिएको पुस्तक हो।

पर्पल बुक अफ ट्याक्समा आर्थिक ऐन, २०७७ ले संसोधन गरेको आयकर ऐन, मुल्य अभिवृद्धि कर ऐन, नेपाली तथा अंग्रेजी भाषामा प्रस्तुत गरिएको छ। 

त्यस्तै, भन्सार र अन्तशुल्कका व्यबस्थालाई सरल भाषामा बुझ्नका लागि त्यसका व्यबस्थाहरुलाई संक्षिप्त रुपमा समेत प्रस्तुत गरीएको छ। आयकर तथा मुल्य अभिवृद्धि कर निर्देशिका र अदालती फैसलाले गरेका विशेष कानुनी व्याख्याहरु ऐनका व्यवस्थासँगै मिलाएर राखेका कारणले पाठकलाई कानुन पढ्न र बुझ्न सरल हुने विश्वास लेखक दाहालको रहेको छ। 

यो पुस्तक गत बर्षको कर सम्बन्धित पुस्तकहरुमध्ये “बेष्ट सेलिङ बुक” रहेको थियो।

पर्पल बुक अफ प्रोभिन्स ट्याक्समा सातै प्रदेशको आर्थिक ऐनको संकलनका अतिरिक्त संघ, प्रदेश र स्थानिय तहका कर सम्बन्धि अधिकारहरुका बारेमा स्पष्ट पार्ने प्रयास गरिएको छ। यो पुस्तक दाहाल र सिए रजनीराज आचार्यले संयुक्त रुपमा लेखेका हुन्।

यी दुवै पुस्तकहरु किताव यात्रा डट कममार्फत संसारैभरी पाठककै ठेगानामा डेलिभरी गर्ने सुविधा रहेको छ भने, उपत्यकाभित्र तथा उपत्यका बाहिरका मुख्य शहरका प्रमुख स्टेशनरी पसलमा उपलब्ध रहेको छन्।