ग्लोबल आइएमइ बैंकले खोल्यो कपनमा शाखा, देशभर शाखा सञ्जाल २५९ पुग्यो, २० लाख ग्राहक

बिजमाण्डू
२०७७ साउन २८ गते १५:०३ | Aug 12, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंकले बुढानिलकण्ठ नगरपालिका स्थित कपनमा शाखा खोलेको छ।

बैंकको कपनसँगै देशभर शाखा संख्या २५९ पुगेको छ। 

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ ७१ वटा जिल्लामा शाखा बिस्तार गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

बैंकका २३५ एटिएम, ४० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालय छन्।

बैंकका २० लाख ग्राहक छन्।