कोरोना संक्रमण ह्वात्तै बढेपछि ठेलागाडा र साइकलमा हुँदै आएको सबै व्यापारमा रोक

बिजमाण्डू
२०७७ साउन २७ गते १८:०४ | Aug 11, 2020
कोरोना संक्रमण ह्वात्तै बढेपछि ठेलागाडा र साइकलमा हुँदै आएको सबै व्यापारमा रोक

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलन थालेपछि सरकारले ठेलागाडा तथा साइकलमा गरिने व्यापार व्यवसाय स‌ंचालनमा रोक लगाएको छ । यससँगै फलफुल, तरकारी, खाद्यान्न, कपडा लगायत कुनै पनि किसिमका सरसामानको व्यापार गर्न नपाइने भएको छ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले साइकल तथा ठेलामा हुने व्यापार तथा कवाडीका समानहरु संकलन गर्ने कार्यमा रोक लगाउने निर्णय गरेको अर्थ तथा संचारमन्त्री डा. युवराज खतिवडाले बताए। कोरोना भाइरस समुदायस्तरसम्म विस्तार हुने जोखिम बढ्दै गएकाले यस्तो  निर्णय गरिएको उनको भनाइ छ।

काठमाडौं उपत्यका नगरपालिका फोरमले कोरोना रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समितिका संयोजक इश्वर पोखरलेलाई भेटेका थिए।भेटमा उनीहरुले  उपत्यकामा संक्रमणको उच्च जोखिम  देखिएकोले अनाधिकृत रुपमा उपत्यका प्रवेश गरेका निर्माण मजदुर, ठेलागाडा तथा साइकलका साथै फुटपाथमा विभिन्न व्यापार गर्न आएकाहरु बढी देखिएको हुँदा तरकारी व्यापारलाई साँझ र बिहानमा सीमित गर्दै फुटपाथ, ठेलागाडा, साइकल इत्यादिमार्फत गरिने अन्य व्यापारलाई १५ भदौसम्मका लागि निषेध गर्न आग्रह गरेको थियो।

सोही आधारमा समितिले मन्त्रीपरिषदमा प्रस्ताव लगेर यससम्बन्धी निर्णय गरेको हो।