इसेवाले बहराइनबाट रेमिटेन्स ल्याउन सम्झौता गर्‍यो, एपबाट पठाए ५५ रुपैयाँ क्यासब्याक

बिजमाण्डू
२०७७ साउन २६ गते १६:५८ | Aug 10, 2020
इसेवाले बहराइनबाट रेमिटेन्स ल्याउन सम्झौता गर्‍यो, एपबाट पठाए ५५ रुपैयाँ क्यासब्याक

Tata
GBIME
Nepal Life

काठमाडौं। बहराइन फाइनान्सिङ र इसेवा मनि ट्रान्सफरबीच रेमिटेन्स सेवाका लागि सम्झौता भएको छ। यो सेवा सुरु भएपछि बहराइनमा रहेका नेपालीले विएफसीको ५५ वटा शाखामार्फत रकम पठाउन सक्नेछन्।

कम्पनीका अनुसार विएफसी बहराइन एपबाट नगदमा, कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सक्नेछन्। नगद पठाइएको पैसा इसेवा वालेटमा प्राप्त गर्दा ग्राहकले ५५ रुपैयाँ क्यासब्याक पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

इसेवा मनि ट्रान्सफरले डिजिटलका साथै एजेन्ट वेस रेमिटेन्स सेवामार्फत पैसा दिँदै आएको छ। कम्पनीका प्रबन्ध निर्देशक अजेश कोइरालाले नयाँ सम्झौतासँगै रेमिटेन्स कारोबारको क्षेत्र विस्तार हुँदै गएको बताए।