बैंकबाट पैसा झिकेर घरमै राख्ने बढे, सातामै ११ अर्ब रुपैयाँ निक्षेप घट्यो, ऋणको माग आउन थाल्यो

बिजमाण्डू
२०७७ साउन २६ गते १५:२९ | Aug 10, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। साउन दोस्रो साताबाट वाणिज्य बैंकहरुको ऋण लगानीमा सुधार देखिन थालेको छ। लकडाउनयता निरन्तर घटेको ऋण अहिले केही बढ्न थालेको हो।

बैंकर्स संघका अनुसार, एक सातामा ऋण लगानी ५ अर्ब रुपैयाँले बढेको छ। यो साउन २३ गतेसम्मको तथ्यांक हो। बैंकसँग कुल ऋण लगानी २८ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ।

निक्षेप भने घटेको छ। जबकी यसअघि निरन्तर निक्षेप बढ्ने गरेको थियो। निक्षेप ११ अर्ब रुपैयाँले घटेको छ। अहिले बैंकसँग कुल ३४ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप छ। 

बैंकरका अनुसार, पछिल्लो समय ऋणको माग केही बढेको छ। ब्याज दर घटेका कारण परिपक्व भएको निक्षेप सर्वसाधारणले झिक्न थालेका छन्। फेरि लकडाउन हुने हल्ला चलेका कारण पनि पैसा घरैमा राख्ने बढेका छन्। जसले गर्दा निक्षेपमा गिरावट आएको बैंकरको बुझाइ छ।

मिति  निक्षेप ऋण
स्वदेशी मुद्रामा विदेशी मुद्रामा कुल स्वदेशी मुद्रामा विदेशी मुद्रामा कुल
31/06/2075 2436 87 2523 2183 62 2246
30/09/2075 2557 99 2656 2302 66 2368
29/12/2075 2584 119 2703 2349 71 2420
31/03/2076 2764 114 2878 2422 76 2498
30/06/2076 2851 122 2973 2547 82 2629
29/09/2076 2931 129 3060 2650 81 2731
30/12/2076 3052 137 3189 2748 98 2845
31/03/2077 3362 125 3487 2806 97 2903
09/04/2077 3344 118 3462 2772 95 2867
16/04/2077 3371 115 3487 2590 93 2866
23/04/2077 3360 113 3476 2779 92 2871

रकम रु. अर्बमा