सिप्रदी र एनआईसी एसिया बैंकबीच सम्झौता, टाटा गाडी किन्दा ६ महिनासम्म किस्ता तिर्न नपर्ने

बिजमाण्डू
२०७७ साउन २५ गते १७:१३ | Aug 9, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालि र एनआईसी एसिया बैंकबीच सवारी कर्जा सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिप्रदीका उपाध्यक्ष सौरभराज थपलिया तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्ताक्षर गरे।

यस सम्झौता अन्तर्गत अब टाटा गाडीका खरिदकर्ताहरुले पहिलो ४ देखि ६ महिनासम्मको किस्ता वापतको रकम तिर्नु पर्दैन।

यस्तै पहिलो वर्षको वार्षिक ब्याजदरमा  परिवर्तन  नहुने पनि सम्झौतामा उल्लेख छ।  ग्राहकलाई ८.२५५ वार्षिक ब्याजदरमा सवारी कर्जा दिन दुई पक्षबीच सम्झौता भएको हो। बैंकका अनुसार यस कर्जाको अवधि ८ वर्षसम्मको हुनेछ ।  

सरल र सहज कर्जा उपलब्ध गराउने उद्देश्यले बैंकले यो सुविधा सिप्रदी ट्रेडिङ प्रालिका देशभरी रहेका सबै डिलरहरुबाट उपलब्ध हुने विज्ञप्तिमार्फत जानकारी दिएको छ। 

टाटा मोटर्सका उत्पादनहरु एच फाइभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरुमा यो कर्जा सुविधा दिइएको बैंकले जनाएको छ।