टिभिएस अपाचे आरटिआर २०० फोर भि आउँदै, ‘स्मार्ट बाइक’को प्रतिघण्टा १२७ किमी रफ्तार

बिजमाण्डू
२०७७ साउन २५ गते १३:३३ | Aug 9, 2020
टिभिएस अपाचे आरटिआर २०० फोर भि आउँदै, ‘स्मार्ट बाइक’को प्रतिघण्टा १२७ किमी रफ्तार

Tata
GBIME
Nepal Life

 

काठमाडौं। टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले अपाचे आरटिआर २०० फोर भि नेपाली बजारमा सार्वजनिक गर्दैछ।

जगदम्बा मोटर्सले नयाँ उत्पादनलाई स्मार्ट मोटरबाइकका रुपमा लञ्च गर्न लागेको हो।

यस बाइकमा स्मार्ट कनेक्ट सिस्टमबाटै इन्धनको मात्रा, बाइकको गति, गन्तब्य आदिबारे जानकारी पाइने भएकोले कम्पनीले यसलाई स्मार्ट मोटरबाइक भनिएको जनाएको छ।

यो बाइकमा नवीनतम प्रविधिका रूपमा रेयर ह्विल लिफ्ट प्रोटेक्सन कन्ट्रोल सिस्टम छ। यस्तै यसको क्लच पनि एडभान्स सिस्टमको रहेको बताइएको छ। यस बाइकमा पावर राइडिङकालागि सुपर स्लिक मेटेड ५ स्पिड गियरबक्स रहेको कम्पनीले जनाएको छ।

यसको इन्जिनले १५.१ पीएस पावर ८५०० आरपिएममा र १६.८ एनएम टर्क ७५०० आरपिएममा उत्पादन गर्छ।

अपाचे आरटिआर २०० फोर भिले ३.९ सेकेन्डमै ६० किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्न सक्ने बताइएको छ। यस बाइकको अधिकतम रफ्तार १२७ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ। अपाचे २०० फोर भि कालो र सेतो दुई रंगमा नेपाली बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ। 

यसअघि कम्पनीले आरटिआर १६० फोर भिको सिंगल डिस्क भेरियन्ट डिजिटल प्ल्याटफर्ममार्फत सार्वजनिक गरेको थियो।