एनसिसि बैंकको सिइओमा पुन अर्याल नियुक्त, दोस्रो कार्यकालका लागि थप ४ वर्ष चुनिए

बिजमाण्डू
२०७७ साउन २२ गते १२:५५ | Aug 6, 2020
एनसिसि बैंकको सिइओमा पुन अर्याल नियुक्त, दोस्रो कार्यकालका लागि थप ४ वर्ष चुनिए


Tata
GBIME
Nepal Life

काठमाडौं।  नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले प्रमुख कार्यकारी अधिकृतमा दोस्रो कार्यकालको लागि पुनः रमेश राज अर्यालयलाई नियुक्त गरेको छ । 

बैंकको साउन १९ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई दोस्रो कार्यकालको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकले असोज १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि अर्याललाई नियुक्ति गर्ने निर्णय गरेको जानकारी दिएको छ ।  

नेपाल ग्रिण्डलेज (हालको स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट ३० वर्ष अगाडिदेखि बैंकिङ्ग पेशा अँगालेका अर्याल विगत २४ वर्षदेखि एनसीसी बैंकमा कार्यरत छन्।