उपत्यकाभित्र पुरानै नियमः जोर गते जोर र विजोर गते विजोर नम्वर प्लेट भएका सवारी गुड्ने

बिजमाण्डू
२०७७ साउन २१ गते २१:०६ | Aug 5, 2020
उपत्यकाभित्र पुरानै नियमः जोर गते जोर र विजोर गते विजोर नम्वर प्लेट भएका सवारी गुड्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले भोलिबाट पुनः सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको छ। 

गृहमन्त्रालयले निजी तथा सार्वजनिक सवारी साधनमा जोरविजोर प्रणाली लागु हुने जानकारी दिएको हो। २ सय कोरोना संक्रमित भएको जिल्लाहरुमा यो नियम लागु हुने छ। जोर गतेका दिन जोर र विजोर गतेका दिन बिजोर सवारी साधनलाई गुड्न पाउनेछन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले पुरानै नियम अनुसार जोरविजोर कार्यान्वयन हुने बताए। ' जोरका दिन जोर र विजोरका दिन विजोर नम्वर प्लेटका सवारी साधन गुड्ने छन्,' एसएपी ढकालले भने। सरकारले असार २६ गतेदेखि जोरबिजोर प्रणाली प्रणाली हटाएको थियो।