नाम परिर्वतन गरेपछि एनसेल अब पब्लिक कम्पनी बन्यो, सर्वसाधारणलाई आइपिओ जारी गर्न पाउने

बिजमाण्डू
२०७७ साउन २१ गते ०९:४९ | Aug 5, 2020
नाम परिर्वतन गरेपछि एनसेल अब पब्लिक कम्पनी बन्यो, सर्वसाधारणलाई आइपिओ जारी गर्न पाउने


काठमाडौं। एनसेल कम्पनीले नाम परिवर्तन गरी एनसेल प्रालिबाट एनसेल आजियाटा लिमिटेड बनाएको छ ।

Tata
GBIME
Nepal Life

नेपाल सरकार उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयको साउन १९ गतेको निर्णय बमोजिम नाम परिर्वतन गराएको कम्पनीले जनाएको छ ।  

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले कम्पनी पब्लिकमा रुपान्तरण भएसँगै नाम परिवर्तन गरेको हो ।

यससँगै अब कम्पनीको सम्पूर्ण कामहरु एनसेल आजियाटा लिमिटेडबाट हुने कम्पनीले जनाएको छ ।

पब्लिक कम्पनीका रूपमा रुपान्तरण भएसँगै अब कम्पनीलाई सर्वसाधारणलाई आइपिओ निष्कासन गर्ने बाटो खुलेको छ ।