एसएमएल इसुजु किन्दा पहिलो ६ महिना कर्जाको मासिक ब्याजसहितको किस्तामा सय प्रतिशत छुट

बिजमाण्डू
२०७७ साउन १९ गते १३:५७ | Aug 3, 2020
एसएमएल इसुजु किन्दा पहिलो ६ महिना कर्जाको मासिक ब्याजसहितको किस्तामा सय प्रतिशत छुट

Tata
GBIME
Nepal Life

काठमाडौं। लक्ष्मी कमर्सियल भेहिकलले एसएमएल इसुजु खरीद गर्दा पहिलो ६ महिना गाडी कर्जाको मासिक ब्याजसहितको किस्ता सय प्रतिशत छुट दिने भएको छ।

कोरोना संक्रमणको कठिन अवस्थालाई ध्यान दिएर कम्पनीले यो योजना ल्याएको हो। कम्पनीका अनुसार यो योजना बैंकमार्फत गरिएका फाइनान्समा मात्रै कार्यान्वयनमा आउने छन्।

यो प्याकेजमार्फत ग्राहकले आफूले खरीद गरेको गाडीबाट हुने आम्दानी अघिनै बचत गर्न सक्नेछन्। कम्पनीले यो वाहेक बिमा र सडक कर एक वर्षका लागि निशुल्क हुनेछ।

कम्पनीले यो गाडीमा तीन वर्षको वारेन्टी समेत दिएको छ। कम्पनीले एसएमएल इसुजुका स्कुल वस, व्यापारिक/निजी बस, ट्रक र टिप्पर बिक्री गर्दै आएको छ।