नेपाल फाइनान्सले बोलायो एकैपटक आठ वर्षको साधारण सभा, हकप्रद र मर्जरको प्रस्ताव


काठमाडौं। नेपाल फाइनान्स लिमिटेडले ८ वर्षको वार्षिक साधारणसभा एकैपटक बोलाएको  छ। कम्पनीले हकप्रद लगायत विभिन्न एजेण्डाहरु लिएर भदौ ११ गते सेयरधनीहरुलाई बोलाएको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी ३० करोड ५५ लाख ५१ हजारबाट १ बराबर १.७५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव सभामा राखेको छ ।

Sipradee
Sanima Bank
TVS

कम्पनीले उक्त हकप्रदको लागि रेटिङ समेत गराई सकेको छ । उक्त हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ८४ करोड २ लाख ६५ हजार पुग्नेछ । 

त्यसैगरी, सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने र गाभिने प्रक्रिया अघि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत अनुमोदन गर्नेछ।

कम्पनीले आर्थिक वर्ष २०६८/६९ देखि २०७५/०७६सम्मको अर्थात ८ आर्थिक वर्षको वासलात, नाफा, नोक्सान हिसाब, तथा नगद प्रवाह लगायतको विषयमा छलफल गर्ने भएको छ।

साधारणसभा प्रयोजनार्थ फाइनान्सले साउन २६ गते बुकक्लोज गर्नेछ। साउन २५ गतेसम्म कायम शेयरधनीहरुले सो साधारण सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ। 
 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell