होटलका कर्मचारीको तलबमा भारी कटौती, ९ महिनासम्म पाँच तारे होटलका कर्मचारीको तलब १० हजार

बिजमाण्डू
२०७७ साउन ४ गते २१:२८ | Jul 19, 2020
होटलका कर्मचारीको तलबमा भारी कटौती, ९ महिनासम्म पाँच तारे होटलका कर्मचारीको तलब १० हजार

Tata
GBIME
Nepal Life

काठमाडौं। कोरोनाका कारण ९ महिनासम्म होटलका कर्मचारीले आधारभूत तलब मात्रै पाउने भएका छन्। चैतदेखि पुससम्म आधारभूत तलब लिन होटल व्यवसायी र मजदुरबीच सहमति भएको छ।

यो सहमति अनुसार पाँच तारे होटलका कर्मचारीले १० हजार रुपैयाँ मात्रै तलब पाउने छन्। लामो समयको रस्साकस्सीपछि होटल संघ नेपाल र तीन वटा क्रियाशिल ट्रेड युनियनबीच सहमति जुटेको हो।

सहमति अनुसार एकतारे र पर्यटकीय स्तर होटलमा कार्यरत कर्मचारीलाई आपसी समझदारीमा मासिक पारिश्रामिक दिइने छ। यसैगरी दुई तारे, तीन तारे, चार तारे र डिलक्स पाँच तारे होटलमा कार्यरत कर्मचारीलाई क्रमशःचार हजार तीन सय रुपैयाँ, पाँच हजार रुपैयाँ, आठ हजार रुपैयाँ देखि आठ हजार र १० हजार रुपैयाँ आधारभुत पारिश्रामिक दिइने सहमति भएको छ।

सहमति अनुसार आलोपालोमा परिचालित कर्मचारीलाई साविक अनुसारनै पारिश्रमिक भुक्तानी गरिनेछ। काममा नबोलाइएका र काममा नलगाइएका कर्मचारीलाई सहमति अनुसारकै तलब दिइनेछ।

बन्दाबन्दी अवस्था रहेसम्म प्रत्येक महिना दुई दिन र लकडाउन पछि ३० दिन काममा नबोलाएको अवस्थामा चार दिनको दरले संचित विदाबाट कट्टा गरिने सहमति भएको छ। संघ र ट्रेड युनियनबीच भएको सहमति अनुसार अवकाश लिन चाहनेलाई पनि सहज बनाइएको छ।

सहमति अनुसार स्वेच्छिक अवकाश, उमेरका आधारमा अवकाश पाउने कर्मचारीले लकडाउन अगाडि खाइपाइको सुविधा लिन सक्नेछन्।यसैगरी सहमति अवधिभर सुचना नदिई कामबाट अलग भएको अवस्थामा बुझिलिएको रकम प्रतिष्ठानबाट पाउने उपदानबाट कट्टी गरिनेछ। संघकी अध्यक्ष सिर्जना राणाले विषम परिस्थितीलाई ध्यान दिएर आधारभूत पारिश्रमिकको व्यवस्थापन गरिएको बताईन्।

‘हामीले यो क्षेत्रमा कार्यरत जनशक्तिलाई आधारभुत पारिश्रामिक दिने निर्णय भएको छ। योसँगै उहाँहरुले यस अघि काम गर्दा संचित गरिएको सेवा शुल्कको रकम पनि दिँदै आएका छौं।’ उनले भनिन्।