संकटमा नेपाल वायुसेवा निगम, १२ वर्षदेखि कार्यरत १ सय ४५ कर्मचारीको करार अवधि नथप्ने निर्णय

बिजमाण्डू
२०७७ असार ३१ गते ०७:०७ | Jul 15, 2020
संकटमा नेपाल वायुसेवा निगम, १२ वर्षदेखि कार्यरत १ सय ४५ कर्मचारीको करार अवधि नथप्ने निर्णय

Tata
GBIME
Nepal Life

काठमाडौं। कोभिड-१९का कारण आम्दानीमै प्रभाव परेपछि नेपाल वायुसेवा निगमले १ सय ४५ कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको छ।

आर्थिक अवस्था झन् झन् खस्किँदै गएको कारण असार मसान्तसम्म समयावधि रहेका ती कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको हो। कोरोना संक्रमणसँगै उडान ठप्प भएका कारण निगमको आर्थिक अवस्था खस्किएर तलब समेत जेनतेन दिइरहेको छ।

निगमले कर्मचारी प्रशासन, विमानस्थल, डोमेस्टिक स्टेसन लगायत क्षेत्रमा काम गर्दै आएका कर्मचारीको करार अवधि नथपेको हो। ती कर्मचारी १२ वर्षदेखि करार सेवामा कार्यरत थिए। निगमले खर्च घटाउने भन्दै साउन १५ गतेदेखि ६ वटा चिनियाँ जहाज नउडाउने निर्णय गरिसकेको छ।

संचालक समितीका अनुसार साउन १५ गते  देखि दुईवटा मोडर्न आर्क(एमए-६०) र चार वटा वाइ-१२इ मा करार सेवामा रहेका चार जना पाइलटको करार अवधि नथप्ने निर्णय भएको छ।