साधना लघुवित्तको आइपिओ बुधबारभित्र बाँडफाँटको तयारी, प्रि-अलोटमेण्ट आज हुँदै

बिजमाण्डू
२०७७ असार २८ गते १२:१२ | Jul 12, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। साधना लघुवित्त वित्तीय संस्था लिमिटडेको आइपिओ बुधबारभित्र बाँडफाँट हुने भएको छ । ग्लोबल आइएमई क्यापिटलका अनुसार आज आइतबार प्रि-अलोटमेण्ट गर्ने तयारी रहेको बताएको छ ।

प्रि अलोटमेण्ट भएको तीनभित्र कम्पनीले आइपिओ बाँडफाँट गनुपर्ने व्यवस्था छ ।  क्यापिटले लघुवित्तको आइपिओ बुधबारभित्र बाँडफाँट गर्ने योजना बनाएको छ ।

कम्पनीको आइपिओमा ४ लाख ५५ हजार ७ सय २७ जनाले १ करोड ११ लाख ८७ हजार ९ सय ६० कित्ता लागि आवेदन दिएका छन्। जसमध्ये ८ हजार ६ सय ४ जनाको आवेदन रद्द भएको छ  ।

कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुका लागि र ३५ हजार ३ सय ९० कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ ।

बाँकी रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । इक्रा नेपाल लिमिटेडले कम्पनीको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ ।

आईपीओ बिक्रीपश्चात कम्पनीको चुक्ता पूँजी २१ करोड ७७ लाख ८० हजार पुग्ने छ । कम्पनीले आईपिओ निष्कासनपछि ५० प्रतिशत हकप्रद निष्कासन गर्ने योजना बनाएको छ ।