एनसेलले सुरु गर्दैछ ‘वायर फ्री प्लस’ वाइफाइ, बुक गर्नेलाई बम्पर अफर, ४२० दिनसम्मको प्याकेज

बिजमाण्डू
२०७७ असार २६ गते १८:५९ | Jul 10, 2020
एनसेलले सुरु गर्दैछ ‘वायर फ्री प्लस’ वाइफाइ, बुक गर्नेलाई बम्पर अफर, ४२० दिनसम्मको प्याकेज

काठमाडौं । एनसेलले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत 'वायर फ्री प्लस' वाइफाइ सेवाको बुकिङको घोषणा गरेको छ । उपभोक्ताले आकर्षक बन्डल सेवासहित गुणस्तरीय वायरलेस इन्टरनेट र वाइफाइ कनेक्टिभिटीको अनुभव गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

Tata
GBIME
Nepal Life

एनसेलले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुबै प्रयोजनका लागि उपयुक्त हुने गुणस्तरीय र भरपर्दो वायर फ्री प्लस वाइफाइ सेवा ल्याउन लागेको जानकारी दिएको छ। यो सेवा ग्राहकले प्रभु पे, प्रभु कियोस्क तथा प्रभु रेमिटको काउन्टरमा गएर बुकिङ गर्न सक्ने जानकारी दिएको छ।

बन्डलिङ सेवाअन्तर्गत ग्राहकले दुई वटा सिमकार्ड, प्रत्येक सिममा पाँच जिबी डेटा, एनसेल नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामाम्युजिक, दामीम्युजिकलगायतका डिजिटल कन्टेन्टको फाइदा लिन सक्ने कम्पनीले जानकारी दिएको छ।

कम्पनीले गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समूहमा वायरलेस वाइफाइ डिभाइस, सिम कार्ड र ठूलो डेटा भोलुमसँगको बन्डलिङ सहित प्रि-बुकिङ्ग सुरु गरेको जानकारी दिएको छ। ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनि समुहअन्तर्गत ३० दिन, ९० दिन, २१० दिन वा ४२० दिनको प्याकेज लिन सक्ने समेत कम्पनीले जानकारी दिएको छ। प्याकेजको शुल्क ३० दिनका लागि मान्य हुने र यसको मूल्य ७९९ रुपैयाँ (कर बाहेक)बाट सुरु हुने समेत कम्पनीले जानकारी दिएको छ।

प्याकेजको समय सिमाअनुसार ग्राहकले एक पटक मात्र तिर्न पर्ने ग्राहक शुल्क पाँच सय, पच्चिस सय वा ३५ सय रुपैयाँ हुने पनि कम्पनीले जानकारी दिएको छ। ४२० दिनको समयसिमा रहेको प्याकेजको हकमा ग्राहकलाई यो शुल्क छुट गरिएको पनि एनसेलले जानकारी दिएको छ। ग्राहक लिने प्याकेजअनुसार यी प्याकेज अन्तर्गत पाइने अन्य सेवा हरेक ३० दिनको साइकलमा प्राप्त हुने  पनि कम्पनीले जानकारी दिएको छ। ३० दिनको समयावधि भित्र प्रयोग गरि नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप हुने पनि कम्पनीले जानकारी दिएको छ।

एनसेलका चीफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले ग्राहकलाई आवश्यकताअनुसार उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै सदैव सन्तुष्ट राख्नु कम्पनीको उद्देश्य भएको बताएका छन्। हामीले प्रदान गर्ने कनेक्टिभिटी सोलुसन्स्मार्फत ग्राहकले सेवाको राम्रो अनुभव गर्न पाउन भन्ने सुनिश्चित गर्न चाहन्छौं, उनले भने।

वायरफ्रीप्लस वाइफाइले ग्राहकलाई वायरलेस डेटा कनेक्टिभिटीको नयाँ अनुभव गराउने पनि कम्पनीले जानकारी दिएको छ। हामीलाई विश्वास छ यो सेवाले धेरै भन्दा धेरै मानिसलाई इन्टरनेटमा पहुँच प्रदान गरी उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्ने छ, श्रीवास्तवले भने।

सुरुको चरणमा सुदूर पश्चिमको कञ्चनपुर, बैतडी, डडेलधुरादेखि पुर्वको मोरङ, सुनसरी र धनकुटासम्म देशकाविभिन्न ४० भन्दा बढि जिल्लामा यो सेवा उपलब्ध हुनेछ। विशेष योजनाअन्तर्गत यो प्रि–बुकिङ सिमीत अवधिको लागि मात्र ल्याइएको पनि कम्पनीले जानकारी दिएको छ।

आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युब’अफर ल्याइसकेको छ।‘प्लस’थिमले नवीन र विशेष सेवाका साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने कम्पनीले जानकारी दिएको छ।

व्यावसायिक उडान सुचारु भए एनसेलले श्रावणको तेस्रो साताबाट यो सेवा सुचारु गर्ने जानकारी दिएको छ। वायरफ्रीप्लस वाइफाइ पेज https://www.ncell.axiata.com/wirefreeplus मा गई विस्तृत जानकारी लिन र बुकिङ गर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ।