तिनाउ मिसन डेभलपमेण्ट बैंकको साधारणसभा सम्पन्न, शेयरधनीलाई १२% लाभांश दिने

बिजमाण्डू
२०७७ असार २५ गते १७:५९ | Jul 9, 2020


काठमाडौं। बुटवल  केन्द्रिय कार्यालय रहेको  तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको तेहौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

Tata
GBIME
Nepal Life

 भिडियो कन्फ्रेन्समार्फत भएको साधारणसभामा बैंकका अध्यक्ष टिकाराम घिमिरेले सञ्चालक समितिको तर्फबाट आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे।

साधारण सभाले आ.व. २०७५/७६ को मुनाफाबाट १२ प्रतिशत लाभांस वितरण गर्ने तथा बोनश शेयर वितरण पश्चात कायम हुने चुक्ता पूंजीको ३:१(तीन कित्ता वरावर थप एक कित्ता शेयर) को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्यो ।

उक्त सभामा संचालक समितीमा संस्थापक शेयरधनी तर्फबाट जीवन प्रसाद वझा, राजेन्द्र प्रसाद वझा, ऋषिराम पाण्डे र शालिकराम वेलवासे एवं सर्वसाधारण शेयर धनीका तर्फबाट विपिन पौडेल र अनिल प्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो।

साधारण सभा पश्चात बसेको संचालक समितिको पहिलो बैठकले संचालक जीवन प्रसाद वझालाई बैकको संचालक समितिको अध्यक्षमा सर्वसम्मतीले निर्वाचित गरेको बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।  

हाल चुक्तापूँजी १ अर्व ६७ करोड ५८ लाख रहेको बैंकले १५ अर्व ५० करोड निक्षेप संकलन गरी १२ अर्व ५२ करोड कर्जा प्रवाह गरेको जनाएको छ।

५३ वटा शाखा कार्यालयहरुबाट  कारोवार गरिरहेको बैंकले अब राष्ट्रिय स्तरको विकास बैंक वन्ने लक्ष्यका साथ बढिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिप कुमार श्रेष्ठले बताए।

बुटवलमा केन्द्रीय कार्यालय रहेका तिनाउ विकास बैंक, मिसन डेभलपमेण्ट बैंक र नेपाल कम्युनिटी डेभलपमेण्ट बैंक एक आपसमा मर्ज तथा एक्विजिसन भई वनेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको साधारण सभामा आ.व. २०७५/७६ को लेखा परीक्षण प्रतिवेदन, २०७६ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरणको वारेमा छलफल भएको बैंकले जनाएको छ।