शुक्रबारदेखि सार्वजनिक यातायात चढ्दा पैसा बढी तिर्नुपर्ने, चढ्ने वित्तिकै २२ रुपैयाँ ५० पैसा

बिजमाण्डू
२०७७ असार २५ गते १७:४९ | Jul 9, 2020
शुक्रबारदेखि सार्वजनिक यातायात चढ्दा पैसा बढी तिर्नुपर्ने, चढ्ने वित्तिकै २२ रुपैयाँ ५० पैसा

Tata
GBIME
Nepal Life

काठमाडौं। अब केही समयका लागि सार्वजनिक यातायात चढ्दा उपभोक्ताले भाडा पचास प्रतिशत बढी तिर्नुपर्ने भएको छ।

कोरोना संक्रमणपछि प्रतिवन्ध लगाएको सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय गर्दै भाडा पचास प्रतिशत बढी लिन पाउने व्यवस्था गरेको हो। सवारी साधनमा सीटको आधा मात्रै यात्रु राख्नुपर्ने भएकाले सरकारले यो भाडा लिन दिने निर्णय गरेको हो।

अब चढ्ने वित्तिकै उपभोक्ताले २२ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ। यसअघि यस्तो भाडा १५ रुपैयाँ थियो। सरकारले तत्कालका लागि जिल्लाभित्र मात्रै सार्वजनिक यातायात खुला गरेको छ। ट्याक्सीको भाडा भने यथावत राखिएको छ।

अब ट्याक्सीहरु पनि जिल्ला भित्र संचालन गर्न पाइनेछ तर ट्याक्सीले पुरानै भाडादर लिनुपर्छ। ट्याक्सीमा चालक बाहेक २ जना यात्रु राख्न पाइनेछ।

यात्रुका परिवार पाँच बर्ष मुनीका बच्चा भए राख्न पाइनेछ। सार्वजनिक सवारीसाधनका लागि जोर विजोर लगाइएको छैन्। निजीमा भने यो व्यवस्था कायमै छ।

'भोलि निर्णय गर्छौ'

सरकारले सार्वजनिक यातायात खुला गर्ने निर्णय कार्यान्वयनमा ल्याउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आकस्मिक बैठक शुक्रबार बस्दैछ।

महासंघका महासचिव सरोज सिटौलाले सरकारको निर्णयपछि सार्वजनिक यातायात कसरी संचालन गर्ने भन्ने बारे निर्णय गर्न बैठक राख्न लागिएको बताए।