शेयर बजारमा ९० करोड ८० लाख भन्दा बढीको कारोबार, पुनर्बीमा कम्पनीले सबैलाई उछिन्यो

बिजमाण्डू
२०७७ असार २५ गते १६:१० | Jul 9, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। साताको अन्तिम दिन बिहीबार नेप्से सुचक १ हजार ३ सय ३१ दशमलव १० विन्दुमा बन्द भएको छ । सुरुमा घटेर १ हजार ३ सय १२ विन्दुसम्म पुगी अन्त्यमा बढेर बजार बन्द भएको हो।

बिहीबार लगानीकर्ताहरुले कारोबारको पहिलो घण्टामा नै नाफा बुक गरी घटेको बेलामा पुन सेयर खरिद गरेर बजार बढाउन टेवा पुर्याए । असार मसान्त नजिकै गर्दा बैंकबाट लिएको सेयर कर्जाको सावाँ र व्याजको जोहो गरी पुन सेयर उठाउँदा  बजार उकालो लागेको एक लगानीकर्ताले बताए ।

मध्यान्न सवा १२ बजेतिर २३ करोड हाराहरीमा सेयर कारोबार भएको थियो । तर सोही अनुसार कारोबार रकम बढ्न नसक्दा अन्त्यसम्म १ अर्ब नाघ्न भने सकेन । १ सय ७८ कम्पनीको ९० करोड ८० लाख भन्दा बढीको सेयर कारोबार भएको छ ।

कारोबार भएका १२ उपसमूहको परिसुचकमा बैंकिङ र होटल बोहक अरु समूह बढेको छ । नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी १५ करोड १८ लाख बराबरको सेयर कारोबार भएको छ ।

सूर्योदय लघुवित्तको सेयर मूल्य ९.९८ प्रतिशत बढेको छ भने ग्लोवल आइएमई समुन्नती स्किम १ को मुल्य ३.८४ प्रतिशत घटेको छ ।