सक्नेले असारभित्रै ऋण तिर्न गभर्नरको आग्रह, ‘ऋण भुक्तानीका कारणले टेन्सन लिनु पर्दैन’

बिजमाण्डू
२०७७ असार २५ गते १६:०८ | Jul 9, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सक्नेलाई ऋण तिर्न आग्रह गरेका छन्। उनले बैंकिङ प्रणाली मर्यो भने कतै पनि हात हाल्न नपाउने बताउँदै त्यसलाई पनि संरक्षण गर्नु पर्ने बताए।

आगामी मौद्रिक नीतिका लागि सुझाब संकलन गर्ने कार्यम्रममा बोल्दै गभर्नर अधिकारीले भने- 'जोसँग क्षमता उहाँहरुले असारभित्र साँवा ब्याज तिर्नस्। नसक्नेलाई राष्ट्र बैंकले हेर्छ।'

उनले नसक्नेका लागि राष्ट्र बैंकले मोराटोरियम दिनेदेखि ऋण पुनर्संरचना र पुनर्तालिकीकरणसम्म गर्न दिने बताए। 'साँवा र ब्याज भुक्तानीका कारणले कसैले टेन्सन लिनु पर्ने कारण म देखिन्दिन,' उनले भने।

उनले ऋणीलाई अनावश्यक रुपमा टेन्सन नदिन पनि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको बताए।