ग्लोबल आइएमई बैंकले प्रदेश २ लाई सहयोग गर्यो, कोरोना नियन्त्रणकालागि दश लाख प्रदान

बिजमाण्डू
२०७७ असार २४ गते १७:५४ | Jul 8, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. २ को सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ ।

बुधबार बैंकको प्रदेश नं. २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश नं. २  का माननीय मुख्यमन्त्रीमोहम्मद लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गरे।

मुख्यमन्त्री राउतले कोरोना भाईरस (कोभिड –१९)विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिए ।

कोरोना भाईरसले नेपाल लगायत सम्पूर्ण विश्वलाईनै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएकोे बैंकले जनाएको छ ।    

बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जाने समेत बिज्ञप्तीमा जनाएको छ ।