सुरक्षा विधि अपनाएर पर्यटन उद्योग संचालनमा ल्याउनुपर्ने, रेष्टुरेन्ट सुरक्षा अपनाएर संचालन

बिजमाण्डू
२०७७ असार २३ गते १७:५५ | Jul 7, 2020
सुरक्षा विधि अपनाएर पर्यटन उद्योग संचालनमा ल्याउनुपर्ने, रेष्टुरेन्ट सुरक्षा अपनाएर संचालन


Tata
GBIME
Nepal Life

काठमाडौं। पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले सेफ्टी प्रोटोकल अपनाएर मुलुकको पर्यटन उद्योग पुनः संचालनमा ल्याउनका लागि इजाजत दिनुपर्ने बताएका छन्।

'हामी बेला बेला संचालनमा आइरहेका रेष्टुरेण्टको अवस्था हेरिरहेका छौं। उहाँहरुले हामीले तयार पारेको स्वास्थ्य सुरक्षा  निर्देशिका पालना गर्दै चलाइरहनुभएको पाइएको छ,’ उनले भने, ‘सामाजिक दुरी कायम गर्ने, स्यानिटाइजेसन, र भीड कम गर्ने लगायत पालना गरेको पाइएको छ।‘

उनका अनुसार यसरी रेष्टुरेन्ट संचालन हुँदा घरभाडा, बिजुली, संचालन खर्चसँगै रोजगारीलाई समेत टेवा पुगेको छ। सरकारले छिटै आन्तरिक उडान सुरु गराउन आवश्यक रहेको उनले बताए। 'उद्धार उडान तर्फ धमाधम अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले दैनिक दर्जनौं उडान सुरु गरिसकेका छन्। आन्तरिक वायुसेवा कम्पनीले सेफ्टी प्रोटोकल तयार गरिसकेका छन्। अब आन्तरिक उडान गर्नका लागि पनि बाटो खुलाउन आवश्यक रहेको छ,' रेग्मीले भने।