कोरोना महामारीपछि जापानी अर्थतन्त्र मन्दीतर्फ, जापानीहरुको खर्च गर्ने आत्मविश्वास गुम्यो

बिजमाण्डू
२०७७ असार २३ गते १०:०७ | Jul 7, 2020

Tata
GBIME
Nepal Life

कोरोना महामारीपछि जापानीहरुले गर्ने खर्चमा निकै कमी आएको छ। सरकारी तथयांक अनुसार जाापानीहरुको घरायसी खर्च १६.२ प्रतिशतले घटेको छ। यो सन् २००१ यताकै सबैभन्दा बढी गिरावट हो।

यो तथ्यांकले  विश्वको तेस्रो ठूलो अर्थतन्त्र मानिएको जापानलाई महामारीले कसरी प्रभावित बनाइरहेको छ भन्ने देखाउँछ। जापानीहरुको होटल, यातायात तथा बाहिर खाने प्रचलनमा ऐतिहासिक रुपमै कमी आएको तथ्यांकले देखाएको छ।

हाल जापानीहरुले खरिद गर्ने वस्तुमा मासु, मदिरा र मास्क अधिक रहेको बताइएको छ। कोरोनाका कारण आयमा परेको असरले  उपभोक्ता खर्चमा बिस्तारै मात्र बृद्धि हुने अनुमान अर्थविदहरुले गरेका छन्।

आयमा भएको कमीका कारण उपभोक्ताहरुको घरायसी खर्चमा निकै कमजोर देखिएको तथ्यांकले देखाएको छ। जापानीहरुको  आयमा पनि पाँच वर्ष यताकै सबैभन्दा बढी गिरावट देखिएको छ।

उपभोक्ताको क्रय शक्ति आयमै निर्भर हुने गर्छ तर गत वर्षभन्दा जापानीहरुको वास्तविक आयमा २.१ प्रतिशतले गिरवाट आएको छ जुन सन् २०१५ यताकै तीब्र गिरवाट हो।

जापानको श्रम मन्त्रालयका अधिकारीले कोरोना महामारीको प्रभावका कारण ओभरटाइम रकम दिन नसकिएका कारण वास्तविक आयमा निकै कमी आएको बताए।

जापानमा ब्यापारिक गतिबिधिको आधार मानिने ओभरटाइम पे मा गत वर्षभन्दा २५.८ प्रतिशतले गिरावट आएको छ। यो सन् २०१३ यताकै सबैभन्दा  गिरावट भएको अवस्था हो।

चीन र अमेरिकाबीचको ट्रेड वार तथा  बिक्री करमा भएको बृद्धिले जापानी अर्थतन्त्रमा दबाब परिरहेको छ। यस्तो अवस्थामा जापानी अर्थतन्त्रमा निकै संकुचन आउने अर्थविदहरुको अनुमान छ।

नीति निर्माताहरुले पनि जापानमा ब्यापारिक गतिविधि बढाउने तथा उपभोक्तामा आत्मविश्वास जगाउने नीतिहरु बनाउन दबाब झेलिरहेकका छन्। गत महिनामात्रै जापान साढे चार वर्षपछि मन्दीतर्फ गएको तथ्यांक सार्वजनिक भएको थियो।  अक्टोबर डिसेम्बर त्रैमासमा जापानी अर्थतन्त्रमा ७.२ प्रतिशतको संकुचन देखिएको थियो।