सहयोगी विकास बैंकलाई प्राप्तिपछि सिटिजन्स बैंकले एकिकृत कारोबार थाल्यो, पुँजी ९ अर्ब नाघ्यो

बिजमाण्डू
२०७७ असार २० गते १७:५४ | Jul 4, 2020
सहयोगी विकास बैंकलाई प्राप्तिपछि सिटिजन्स बैंकले एकिकृत कारोबार थाल्यो, पुँजी ९ अर्ब नाघ्यो


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले सहयोगी विकास बैंकलाई प्राप्ति गरी आजबाट एकिकृत कारोबार सुरु गरेको छ। 

Tata
GBIME
Nepal Life

सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक समारोहबीच सिटिजन्स बैंकका  अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको उद्घाटन गरेका छन्। 

प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ९१ अर्ब ३५ करोड रुपैयाँ र ऋण लगानी ७९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। प्राप्तिपछि बैंकको कुल शाखा १०९ पुगेको छ। 

हाल सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। धनुषा, महोत्तरीमा हाल ४ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएको बैंकले अब उपरान्त कुल १७ वटा शाखाहरुबाट उच्चस्तरीय वित्तीय सेवाहरु थप परिस्कृत रुपमा प्रदान गर्नेछ। 

कार्यक्रममा बोल्दै भण्डारीले प्राप्तिपछि बैंकको आन्तरिक वित्तीय, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने बताए।

सहयोगी विकास बैंकका अध्यक्ष उदय कान्त झा “जीवन” ले सहयोगीका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य अझ झन् सुरक्षित र उज्वल हुने बताए। 

सिटिजन्सका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डेले प्राप्तिपछि बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने बताए। 

प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मर्जरपछि कर्मचारीहरुको उचित ब्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरु अबलम्बन गर्ने बताए। 

बैंकको देशभर १०९ वटा शाखा, ९८ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु छन्। कका साढे ६ लाख ग्राहक छन्।