टाटा विंगर एम्बुलेन्स नेपाली बजारमा, तीन क्याटगोरीको एम्बुलेन्समा एडभान्स लाइफ सर्पोट पनि

बिजमाण्डू
२०७७ असार १९ गते २०:३३ | Jul 3, 2020
टाटा विंगर एम्बुलेन्स नेपाली बजारमा, तीन क्याटगोरीको एम्बुलेन्समा एडभान्स लाइफ सर्पोट पनि

Tata
GBIME
Nepal Life

काठमाडौं। टाटा मोटर्सले विंगर एम्बुलेन्स नेपाली बजारमा ल्याएको छ। टाटाको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले एम्बुलेन्स बिक्री सुरु गरेको हो।

यो एम्बुलेन्स पूर्ण रुपमा एआएस-१२५ र स्वास्थ्य मन्त्रालयको मान्यता अनुसार बनेको कम्पनीको दाबी छ। विरामीको सुरक्षा र सुविधाको उच्च मापदण्डहरु पूरा गरेको कम्पनीले जनाएको छ। यो एम्बुलेन्स तीन वर्गमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ‘ए’ क्याटगोरीमा एडभान्स लाइफ सर्पोट, ‘बी’ क्याटगोरीमा वेसिक लाइफ सर्पोट र ‘सी’ क्याटगोरीमा कमन लाइफ सर्पोट हुनेछ।

‘ए’ क्याटगोरीमा भेन्टिलेटरको सुविधा हुनेछ। यसमा अटोमेटेड एक्सटर्नल डेफ्रिलेटर, चेष्ट ड्रेनेज ट्युब र हेमोस्टयाटिक सेट लगायतका सुविधा हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार क्याटगोरी ‘बी’ मा इसिजी मोनिटर, अक्सिजन मोनिटर, सिपिआर बोर्ड, क्याथेराइजेशन सेट, ओबी किट, नेबुलाइजर लगायतका सुविधा छ।

क्याटगोरी ‘सी’मा एसी र स्ट्रेचरसहितको बेड र सहयोगी बस्ने प्रर्याप्त ठाउँ रहेको कम्पनीले जनाएको छ। कम्पनीले तीन वर्ष वा तीन लाख किलोमिटरको वारेन्टी प्रदान गर्ने जनाएको छ।

टाटाका कमर्सियल सवारीका अन्तर्राष्ट्रिय व्यापार प्रमुख रुद्ररुप मैत्रले स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार अत्यावश्यक सुविधासहितको एम्बुलेन्स नेपाली बजारमा ल्याएको बताए। सिप्रदीका सिइओ राजनबाबु श्रेष्ठले विंगर एम्बुलेन्स स्वास्थ्य क्षेत्रका लागि अत्यन्तै लाभकारी हुने अपेक्षा गरे।