होटल र हवाइ जहाज कहिले संचालनमा आउँछन्? पर्यटनमन्त्री भट्टराईको जवाफ यस्तो छ

बिजमाण्डू
२०७७ असार १९ गते १६:०३ | Jul 3, 2020
होटल र हवाइ जहाज कहिले संचालनमा आउँछन्? पर्यटनमन्त्री भट्टराईको जवाफ यस्तो छ


Tata
GBIME
Nepal Life

काठमाडौं। पर्यटनमन्त्री योगेश भट्टराईले होटल व्यवसाय छिट्टै सञ्चालनमा आउने बताएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन्।

कोरोना संक्रमण जोखिमको अवस्था हेरेर व्यवसाय सञ्चालनका लागि आवश्यक छलफल भइरहेको भन्दै अहिलेको पर्यटक/ग्राहक नै आउन नसक्ने अवस्थामा होटल सञ्चालन गरेर मात्रै नहुने उनको भनाई छ। व्यवसायीहरुले होटल सञ्चालनका लागि आवश्यक प्रोटोकल तयार गरेर आए छलफल गर्न सकिने उनले बताए।

जहाज सञ्चालनमा समय लाग्ने

मन्त्री भट्टराईले हवाई जहाज पनि आवश्यक प्रोटोकल बनाएको जानकारी दिँदै सञ्चालनका लागि केही समय अझै लाग्ने बताए।

कोरोना संक्रमणको ग्राफ बढ्दै गइरहेको उल्लेख गर्दै उनले अरु देशहरुको तथ्याङ्क अध्ययन गर्दै पर्यटन क्षेत्रका व्यक्तिहरुसँग सल्लाह गरी छिट्टै सञ्चालनका लागि सीसीएमसीमा प्रस्ताव लिएर जाने उनले बताए।