सानिमा बैंकका ग्राहकलाई आइएमएस ग्रुपका विभिन्न सामानमा ५ % छुट, इएमआइको सुविधा पनि

बिजमाण्डू
२०७७ असार १८ गते १४:३७ | Jul 2, 2020


काठमाडौं। सानिमा बैंक र आईएमएस ग्रुपबीच बैंकका ग्राहकहरुलाई विभिन्न सामान खरिद गर्दा छुट प्रदान गर्ने समझदारी भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार बैंकका ग्राहकहरुले आईएमएस ग्रुपको काठमाडौं कमलपोखरीस्थित सिटी सेन्टर र दरबारमार्गस्थित वन दरबारमलमा रहेको आईएमएस लिटल स्माइल्स स्टोरबाट सामान खरिद गर्दा छुट पाउने छन्।

ग्राहकले बैंकको डेबिट क्रेडिट कार्ड प्रयोग गरी ड्रोन, गिम्बल, ह्युमिडिफायर, पावर बैंक, बेबि प्रोटक्टस् आदि खरिद गर्दा ५ प्रतिशत छुट पाउने छन्। क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई १८ महिनासम्मको मासिक किस्ताबन्दी (ईएमआई) सेवा पनि उपलब्ध रहेको छ।

सम्झौतापत्रमा बैंकका डिजिटल बैंकिङ्ग विभाग प्रमुख विक्रम श्रेष्ठ र आईएमएसका अध्यक्ष तथा निर्देशक डिकेस मल्होत्राले हस्ताक्षर गरेका छन्।