८० अंकले घटेपछि बिहीबार सेयर बजार बन्द, १०६ कम्पनीको मूल्य घट्यो, ४७ करोडको किनबेच

बिजमाण्डू
२०७७ असार १८ गते १२:५८ | Jul 2, 2020


काठमाडौं। बिहीबार घट्दो क्रममा तेस्रो पटक सर्किट लागेपछि सेयर कारोबार स्थगित भएको छ। सुरुवाती २३ मिनेटमै ४ प्रतिशतले घटेर सर्किट लागेको बजार २० मिनेट बन्द गरिएको थियो।

Tata
GBIME
Nepal Life

२० मिनेटपछि खुलेको बजारमा पनि ३ मिनेटमै थप १ प्रतिशतले घटेपछि थप ४० मिनेटका लागि पुनः कारोबार बन्द गरिएको थियो।
तेस्रो पटक खुलेको बजारमा थप १७ मिनेट कारोबार भएपछि ६ प्रतिशतले घटेसँगै बिहिवारका लागि कारोबार बन्द गरिएको हो।

८० अंकको गिरावट आएको बजारमा १३७ कम्पनीका १० लाख ६१ हजार कित्ता सेयर ४७ करोड ६६ लाख रुपैयाँमा किनबेच भएका छन्।
१०६ कम्पनीको सेयर मूल्य घट्दा २१ वटा कम्पनीको मूल्य भने बढेको छ। १० कम्पनीको सेयर मूल्यमा कुनै पनि परिवर्तन भएन।

बिहीबार स्वाभिमान लघुबित्तका सेयरधनीले सर्वाधिक नाफा कमाउँदा सोल्टी होटलमा सेयर धनीले सर्वाधिक गुमाएका छन्।

स्वाभिमान लघुबित्त वित्तीय संस्थाको सेयर मूल्य ८ प्रतिशतले बढेको छ। लक्ष्मी लघुबित्त, गोर्खाज फाइनान्स, न्यादी ग्रुप र गुडविल फाइनान्सको सेयर मूल्य पनि ३ प्रतिशत भन्दा बढीले बढेको छ।

सोल्टी होटलको मूल्य १० प्रतिशतले घट्दा, प्रभु बैंक, युनाइटेड इन्स्योरेन्स, प्राइम कमर्सियल बैंक र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ।