अपडेटः बजार खुलेको ३ मिनेटमै दोस्रो सर्किट, ४० मिनेटको लागि कारोबार स्थगित, ५ % घट्यो बजार

बिजमाण्डू
२०७७ असार १८ गते १२:०६ | Jul 2, 2020


काठमाडौं। बिहीबार बजार खुलेको १ घण्टा नपुग्दै दुई पटक सर्किट लागेको छ। मंगलबार र बुधबार बढ्दो क्रममा सर्किट लागेको बजारमा बिहीबार भने लगातार घट्दो क्रममा दुई पटक सर्किट लागिसकेको छ।

Tata
GBIME
Nepal Life

दोस्रोपटक ५ प्रतिशतले बजार घटेसँगै ४० मिनेटको लागि सेयर किनबेच बन्द गरिएको छ। सुरुवाती ३ मिनेटसम्म उकालो लागेको कारोबार त्यसपछि लगातार घट्दै गएपछि ११ बजेर २३ मिनेटमा पहिलो सर्किट लागेको हो।

२० मिनेट पछि खुलेको बजारमा ३ मिनेटभित्र  थप १ प्रतिशतले घटेपछि आधा घण्टाको लागि सर्किट लागेको छ। बिहीबार एक समय १३६२ अंक सम्म उक्लेको पौने घण्टा भित्र १२६९ अंकमा झरेको छ।

अहिलेसम्म २९ करोड ३५ लाख रुपैयाँको कारोबार हुँदा ६ लाख ३० हजार कित्ता सेयर किनबेच भएको छ। बजार खुलेपछि ६ प्रतिशत तल माथि हुने बित्तीकै उक्त दिनको कारोबार बन्द गरिने छ।